बिहान ५ बजेदेखि नै सेवाग्राहीहरु दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ ।
बिहान ५ बजेदेखि नै सेवाग्राहीहरु दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ ।
‘बिहान ५ बजेदेखि नै सेवाग्राहीहरु भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधान पार्किङ गर्ने, अनावश्यक भीडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहल्ला गर्ने कार्यले दूतावासको छिमेकमा रहेका बासिन्दालाई असहज परेको भनी बारम्बार गुनासो आइरहेको हुँदा सम्पूर्ण सारग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिनुहुन,’ जारी सूचनामा भनिएको छ,‘छिटो आउनै पर्ने भए बिहानको ८ बजेपछि मात्रै आइ पुग्न हुन, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रुपमा वस्ने कार्य नगरिदिनु हनु सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’