युवाका लागि नि:शुल्क रोजगारमूलक तालिम सञ्चालन हुने

१ मंसिर, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्‍ले युवाहरुका लागि विभिन्न १३ वटा विधामा रोजगारमूलक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। परिषद्‍ले सातै प्रदेशमा ३९० घण्टे तालिम सञ्चालन गर्ने भएको हो ।

परिषद्‍द्वारा प्रकाशित सूचनामा प्लम्बर, सिलाइकटाइ, असिष्टेन्ट ब्युटिसियन, विल्डिङ् इलेक्ट्रिसियन, वारिष्टा, कुक, सिकर्मी तथा डकर्मी मेसिनको तालम सञ्चालन गर्ने जनाइएको छ। यसैगरी सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता, मोटरसाइकल सर्भिस मेकानिक, विल्डिङ् पेन्टर, बारवर, मन्टेश्वरी र बेकरी सम्वन्धि तालिम दिइने जनाइएको छ ।

परिषद्को आ. व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न विषय क्षेत्रमा युवाहरुका लागि रोजगारमूलक सिप बिकास तालिम सञ्चालन गर्न लागिएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। युवाहरुलाई तालिम सक्ने वित्तिकै स्वरोजगारीमा जोड्न यस खालको तालिम आयोजना गरिएको बस्नेतले बताए ।

तालिममा सहभागी हुनका लागि इच्छुक युवाहरुले २०८२ मंसिर १५ गतेभित्र गुगल फर्म क्लिक गरी आवेदन फारम भर्नुपर्नेछ। आवेदक मध्येवाट छनोट भएकालाई तालिममा सहभागी गराइने र तालिम पश्चात् सीप परीक्षणसमेत गराइने प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

समन्धित समाचार​
बिजनेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.