मधुमेहको जोखिम बढ्दै, बच्न के गर्ने ?

  • मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायाम गर्नु राम्रो हुन्छ । जस्तै : मर्निङ वाक, साइकल चलाउनु, पौडी खेल्नु, एरोबिक व्यायाम, राम्रो हुन्छ । कडा खालको व्यायाम गर्नु हुँदैन
  • विश्वभर मधुमेहको जोखिम बढ्दै गइरहेको छ, जसको मुख्य कारण अस्वस्थ खानपान, मोटोपन र शारीरिक गतिविधिको कमी हो।
  • मधुमेहबाट बच्नका लागि सन्तुलित आहार, नियमित व्यायाम, धूमपान र मद्यपानबाट टाढा रहनु आवश्यक छ।
  • समय समयमा स्वास्थ्य परीक्षण गर्नु र जीवनशैलीमैत्री वातावरणलाई प्राथमिकता दिनु यस रोगको रोकथाममा महत्वपूर्ण मानिन्छ।

काठमाडौँ — विभिन्न चेतनामूलक कार्यक्रमका साथ आज नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइँदैछ ।  मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउनु यो दिवसको उद्देश्य रहेको छ । 

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन सुरु गरिएको हो । मधुमेहको रोकथाम कसरी गर्न सकिन्छ ? र यसको उपचारका लागि आफ्नो स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै राष्ट्र संघले प्रोत्साहन गर्दै आइररहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, साथै १९८० मा १० यो समस्याबाट पीडित थिए । खानपान, जीवनशैली,मोटोपन र शारीरिक गतिविधि कमीका कारण मधुमेह बढ्दै गएको हो ।

उपयुक्त खानपान, दैनिक व्यायाम गर्ने साथै धूमपान र मद्यपान नगर्ने गर्दा यस रोगबाट बच्न सकिने उपाय हुन् । डब्लूएचओले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलैमैत्री वातावरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

मधुमेहले मुटु रोग, मस्तिष्कघात, अन्धोपन, र मिर्गौलाले काम नगर्नेलगायत अन्य गम्भीर जटिलतालाई नित्याउनुको साथै ज्यान समेत लिन सक्ने हुनाले समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

मधुमेहका लक्षण

  • बढी मात्रामा धेरैपटक पिसाब लाग्नु
  • तिर्खा बढी लाग्नु
  • जति खाए पनि भोको अनुभव भइरहनु
  • आलस्य तथा कमजोरीको अनुभव हुनु
  • जीउ चिलाउनु तथा छाला सुख्खा हुनु
  • हातगोडा झमझमाउने र दुःखाइ चाल नपाउने
  • घाउ खटिरा पाक्ने चाँडै निको नहुने
  • खाएको कुरा जीउमा नलाग्नु तथा अकस्मात शरीरको वजन घट्दै जानु
  • यौन शक्तिमा ह्रास आउनु
  • पिसाब गरेको ठाउँमा कमिला तथा झिंगाहरू जम्मा हुनु
  • चिनीको लेबल कम भई बेहोस हुने आदि

जटिलता

इन्सुलिनको मात्रा क्रमशः घट्दै जाँदा रगतमा चिनीको मात्र वृद्धि भएर जान्छ । यसले शरीरका विभिन्न अंगहरूलाई हानि पुर्‍याउँछ र रोगी झन् जटिल समस्याबाट पीडित हुन थाल्छ । यसरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसक्दा निम्न जोखिम हुन सक्छ ।

  • आँखाभित्रको मसिनो नशा क्षतिग्रस्त भई धमिलो देख्नु र पछि दृष्टिसमेत गुम्ने हुन्छ ।
  • मिर्गौलामा हुने ससाना रक्त नली बिग्रन गई मिर्गौलाको रोग हुने र यो रोगले फोहोर पिसाब थुप्रिँदै जाने र प्रोटिन बढीमा जाने क्रम वृद्धि भई मिर्गौला क्षतिग्रस्त हुन सक्छ ।
  • खुट्टाको नशा क्षतिग्रस्त भई खुट्टामा घाउचोट लागे पाक्ने र लामो समयसम्म पनि निको नभई अन्त्यमा खुट्टा नै काट्नुपर्ने हुन्छ ।
  • हृदयाघात र पक्षघात हुने बढी सम्भावना हुन्छ ।
  • स्मरणशक्तिमा ह्रास आउँछ ।
  • पखाला लाग्ने आदि ।

मधुमेहबाट बच्ने उपाय

आहार : मधुमेहका रोगीले खाना कति र कहिले खाँदा रगतमा चिनीको मात्रा चियन्त्रण राख्न सकिन्छ भन्नेबारे आफ्नो शरीरको गुण आवश्यकता अनुसार खाद्य विशेषज्ञसँग सल्लाह लिई खानाको तालिका बनाई सोहीअनुरूप काम गर्नुपर्छ । यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।

– चिनीको मात्रा बढी भएको बोला खान नहुने चिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, कोल्ड ड्रिंक, अण्डा, तारेको, भुटेको खाना, चुरोट, मादक पदार्थ आदि ।

यसैगरी रगतमा चिनीको मात्रा कम भएको बेला खान हुने खाद्य पदार्थ जस्तै : मैदाबाट बनेका परिका, चिया, कफी, चामलको भात, फलफूल, माछा, मासु, अण्डा, गेडागुडी आदि ।

चिनीको मात्रा बढी भए पनि खान हुने हरियो सागपात, रायो, पालुंगो, मेथी, मूला, काउली, बन्दा, लौका, घिरौला, करेला, भान्टा, कागती आदि । यसैगरी मकैको च्याख्ला, गहुँको पिठोको रोटी पनि खान सकिन्छ ।

व्यायाम : मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायाम गर्नु राम्रो हुन्छ । जस्तै : मर्निङ वाक, साइकल चलाउनु, पौडी खेल्नु, एरोबिक व्यायाम, राम्रो हुन्छ । कडा खालको व्यायाम गर्नु हुँदैन । कडा किसिमको व्यायाम गर्नाले रगतमा चिनीको मात्रा तुरुन्त घट्न सक्ने हुँदा आफूले खाने गरेको खाना तथा नियमित सेवन गरी राखेको औषधिको प्रकार तथा मात्रा तथा आफ्नो शारीरिक अवस्था हेरेर मात्र व्यायाम गर्नुपर्छ ।

समन्धित समाचार​
बिजनेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.