एनपीएल २०२५ को उद्घाटन खेलमा जनकपुर र काठमान्डु खेल्दै

  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण १ मंसिरदेखि काठमाडौंको त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ।
  • प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी छन् र उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्।
  • यस संस्करणमा १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गरिएको छ जसले राति खेल सम्भव बनाएको छ।

१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

यो पनि पढ्नुहोस

एनपीएलको उपाधि रक्षा गर्ने जनकपुरको लक्ष्य

यो पनि पढ्नुहोस

६ विदेशी अनुबन्धपछि यस्तो बन्यो काठमान्डु गोर्खाजको टोली

रातिमा पनि खेल

आम नेपाली क्रिकेट समर्थकहरूको चासोका बीच एनपीएल २०२५ का खेलहरू रातिमा पनि खेलाउन मिल्नेगरी फ्लडलाइट जडानसँगै टेस्टिङको काम पनि सकिएको छ ।

रंगशाला शहरी विकास मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरण समेत गरेको छ ।

यस संस्करणका कूल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा खेलिने तय छ । लिग चरणका १९ तथा प्लेअफका ३ र फाइनल गरी २३ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

नेपाली क्रिकेट इतिहासमै पहिलोपटक कुनै प्रतियोगिता फ्लडलाइटमा खेलिन लागेको हो । यसकारण जनकपुर र काठमान्डुबीचको खेल पनि ऐतिहासिक खेलका रूपमा हुनेछ ।

फ्लडलाइटमा नेपालकै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न नेपाली खेलाडीहरू उत्साहित देखिएका छन् ।

समन्धित समाचार​
बिजनेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.