अदिती बुढाथोकीलाई नील नितिनको ‘हार्ट’ इमोजी !

  • मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त मोडल तथा अभिनेत्री अदिती बुढाथोकीको इन्स्टाग्राममा २८ लाखभन्दा धेरै फलोअर छन्।
  • अदितीले बलिउड फिल्म ‘सैयारा’ को गीत ‘बर्बाद’ माथि रिल्स बनाएकी छन् जसमा बलिउड अभिनेता नील नितिन मुकेशले ‘हार्ट इमोज’ कमेन्ट गरेका छन्।
  • अदितीले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’मा अभिनय गरेकी छन् र बलिउडदेखि नेपाली गीतमा रिल्स बनाइरहेकी छन्।

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् ।

सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।

इन्स्टाग्राममा उनलाई पछ्याउनेको संख्या नै २८ लाखभन्दा धेरै छ ।

प्लाटफर्ममा उनले गर्ने पोस्टमा लाखौं कमेन्ट र रियाक्सन आउँछन् । उनी बेला बेलामा बलिउडदेखि नेपाली गीतमा पनि रिल्स बनाइरहेकी हुन्छिन् ।

उनले पछिल्लोपटक सुपरहिट बलिउड फिल्म ‘सैयारा’ को गीत ‘बर्बाद’ माथि रिल्स बनाएकी छिन् ।

यो गीतमा पनि उनलाई लाखौं भ्यूज मिलेको छ । यसमाथि चर्चित बलिउड सेलिब्रेटीले पनि प्रतिक्रिया दिएका छन् । तीमध्ये एक हुन् बलिउड अभिनेता नील नितिन मुकेश ।

मुकेशले अदितीको उक्त पोस्टमा ‘हार्ट इमोज’को कमेन्ट गरेका छन् । अदितीले पनि नीलको कमेन्टमा जवाफ दिँदै ‘स्टार’ इमोजी राखेकी छिन् । इमोजीमार्फत उनीहरूले गरेको यो संवाद अर्थपूर्ण र रोचक देखिन्छ ।

कामको कुरा गर्दा, अदितीले नेपाली फिल्महरू ‘कृ’ र ‘बाबरी’मा अभिनय गरेकी छन् ।

समन्धित समाचार​
बिजनेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.