- सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमा भेरिक्स नेपाल, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म र बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरेको हो ।
- आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने संस्थागततर्फ नेपाल दुरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राज बहादुर शाहलाई सम्मान गरिएको छ।
- राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन्।
- विभिन्न उद्योग, सेवा, बैंक, स्वास्थ्य, पर्यटन र व्यापार क्षेत्रका करदाताहरुलाई समेत आन्तरिक राजस्व विभागले सम्मान गरेको छ।
काठमाडौँ — आर्थिक वर्ष २०८०/२०८१ मा सबैभन्दा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल दुरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राज बहादुर शाहलाई सम्मान गरिएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागद्वारा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले प्राधिकरण र शाहलाई सम्मान गरेको हो ।
विभागका अनुसार एकलौटी फर्ममा थर्ड आई इण्टरनेशनल र वस्तु निर्यातको कारोवार गर्नेमा डाबर नेपाललाई सम्मान गरेको छ ।
सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमा भेरिक्स नेपाल, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म. बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरेको हो ।
स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टललाई सम्मान गरेको छ ।
वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १ अर्ब रुपैयाँसम्म कारोवार गर्नेमा सीडीएस एन्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेतर्फ आईएमई लिमिटेडलाई सम्मान गरेको छ ।
विभागले २०७६ साउनदेखि २०८२ असारमसान्तसम्मको कर अवधिमा मुल्य अभिवृद्धि कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित सहभागिता जनाएका करदातामा नेपाल दूरसंचार कम्पनी लिमिटेडलाई सम्मान गरेको हो ।
वार्षिक कारोवार रकम ५० करोड रुपैयाँसम्म कारोवार गर्ने करदाताहरु मध्ये आर्थिक वर्ष २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने भीएफ सर्भिसेज (मोरिसस) पनि सम्मान गरेको छ ।